काठमाडौँ – उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पार्टीको आन्तरिक एकताको ‘रोडम्याप’ दुई अध्यक्ष बीचको सहमति मात्र भएको बताएका छन् । उनले एकताको महाधिवेशन सम्मको सङ्क्रमणकालीन अवस्थामा बहुमत र अल्पमतको विधिबाट समस्याको समाधान खोज्नु गलत र एकता विरोधी कार्य हुने स्पष्ट पारेका छन् ।
उनले निश्चित नेता बसेर छलफल, गुटको भेला, बैठक गर्ने अनि ‘पोजिसन’ बनाएर अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न आउने स्थिति अनुचित भएको बताए । उपप्रधानमन्त्री पोखरेलले उनीहरू (ओली–प्रचण्ड) पूर्व पार्टीको ‘लिगेसी’बाट अध्यक्ष भएका हुन् । त्यसैले एकताको महाधिवेशनसम्म कसैले हटाउन सक्दैन, हुँदैन । यो एकता भाँड्न खोज्ने कुरा मात्र हुन्छ । यो कुनै पनि हालतमा स्वीकार्य हुँदैन भनेका छन् ।
उनले दुईमध्ये एकलाई हटाएर अर्को अध्यक्ष हुन्छ भन्ने कुरा सर्वथा अनुचित, एकता विरोधी र एकता भाँड्ने कुरा हो भने । दुई अलग ‘स्कुलिङ’ र पृष्ठभूमि बोकेका पार्टीको ६०–४० प्रतिशत सहभागिताका आधारमा गरिएको पार्टी एकता टिकाउन सहमतिसाथ नै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले एकता, सहमति र समझदारीको जग दुई अध्यक्ष बीचको सहमतिले मात्रै भएको स्पष्ट पारेका छन् । नेता पोखरेलले २०७६ साल माघ १५ गते बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारले ऐतिहासिक महत्वका सातवटा कार्य गरेको उल्लेख गर्नुभएको चर्चा गरेका छन् । उहाँले त्यही सरकारले छ महिनामा केही काम गरेन भन्दै विरोध गर्नुको औचित्य के छ ? यसको के उद्देश्य छ ? उनले प्रश्न गरे ।
उनले सरकार र पार्टी अध्यक्षविरुद्ध मिडियाबाजी गरेर सिङ्गो आन्दोलन र कार्यकर्ताको मन विचलित बनाउने कार्य गरिनु दुर्भाग्यपूर्ण भएको बताए । उनले गुटका पत्रकार जम्मा पारेर चार नेताले ‘वार डिक्लियर’ गरेको विषयको समीक्षा हुनुपर्छ भनेका छन् ।
उनले के हो विधि र पद्धति भनेको ? प्रधानमन्त्रीलाई बैठकबाट हटाउनुपर्छ भन्नु विधि हो ? प्रक्रिया सम्मत ढङ्गले आएको अध्यक्षलाई हट्नुपर्छ भन्ने विधि, पद्धति हो ? भनी प्रश्न गरेका छन् ।
उनले विधि, पद्धतिका नाममा कुण्ठा पोख्ने काम नगर्न आग्रह गर्दै महाधिवेशनमा जाऔँ, विधि, विचार र नेतृत्वको टुङ्गो लगाऔँ भनेका छन् । उनले विधि र प्रक्रियाबाट बनेका अध्यक्ष र प्रधानमन्त्री हटाउने भन्ने विषय मात्रै पनि अनुचित, अनैतिक र अराजनीतिक कुरा भएको बताए । उनले दुवै अध्यक्षबीच साउन ३ गते भएको बैठकले चैतअगाडि नै महाधिवेशनमा गएर नयाँ नेतृत्व निर्माण गर्ने विषयमा सहमति बनेको स्पष्ट पारेका छन् ।
पार्टीको आन्तरिक एकता टिकाउन उपाध्यक्ष वामदेव गौतमद्वारा सार्वजनिक छबुँदे सहमति सकारात्मक रहेको टिप्पणी गर्दै उनले । पार्टीको नीतिबाट सरकारका काम कारबाही निर्देशित हुनेसमेत स्पष्ट पारेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस