काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता र संवाद पुनः अन्यौलमा परेको छ । बुधबार साँझ ५ बजेका लागि तय भएको वार्ता बिहीबार बिहानका लागि सारिएको भनिए पनि बिहान वार्ता हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक बिहीबार बिहान बस्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंकाअनुसार वार्ताका लागि कुनै सूचना प्राप्त भएको छैन । पार्टीको आन्तरिक मतभेद अन्त्य गर्नेगरी दुई अध्यक्षबीच वार्ता जारी रहे पनि सहमति बनिसकेको छैन ।
पार्टीको स्थायी कमिटी बैठक पनि अन्यौलमा छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएर समस्याको समाधान खोजिनुपर्ने प्रस्ताव राख्दैआएका छन् । अर्का अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन् । दुई अध्यक्षबीचको यही अडानका बीच सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले वार्ताको लागि अहिलेसम्म सूचना प्राप्त नभएको जानकारी दिएका छन् । पछिल्लो समय दुई अध्यक्षले एक–एक जना सहयोगी नेता लिएर वार्ता गर्दै आएका छन् । अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ र अर्का अध्यक्ष प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुँदैआएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस