पोखरा- प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जातीय अहङ्कारले समाजमा द्वन्द्व निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै सांसद अधिकारीले जातीय विभेद संविधान विरोधी कार्य भएकाले यसले समाजमा द्वन्द्व सिर्जना गर्ने बताए ।
पूर्वस्वास्थ्यमन्त्रीले भने, “जातीय र धार्मिक विभेद संविधानविरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको खण्डमा राज्यले कसैलाई पनि छाड्दैन ।” नेता अधिकारीले जातीय एवं धार्मिक समानता र स्वतन्त्रतासहितको समाजवादोन्मुख संविधान निर्माण गरिएकाले अब यसको कार्यान्वयन पक्षमा सबैले चासो दिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कानूनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनका लागि सामाजिक चेतना स्तर पनि माथि उठाउनुपर्नेमा जोड दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विभेद र हिंसारहित समाजका लागि गाउँपालिका सधैँ अग्रसर हुने बताए ।
विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दलित समुदायको विषयलाई अझै पेचिलो बनाउँदै लैजानुपने औँल्याएका छन् । समाजका अध्यक्ष राजु सुनारका अनुसार भवन निर्माणका लागि रु ५८ लाख २० हजार लागत लागेको छ । स्थानीयस्तरमा देउसीभैलो एवं चन्दा सङ्कलन गरेर तथा सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साबिक रुपाकोट गाविस, साबिक लेखनाथ नगरपालिकालगायतको सहयोगमा भवन निर्माण गरिएको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस