काठमाडौं- आज विहान ११ बजे बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
बैठक अपरान्ह तीन बजेसम्मका लागि सारिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाका अनुसार आन्तरिक तयारी नपुगेको भन्दै बैठक तीन बजेसम्मका लागि सारिएको हो ।
अहिले दुई अध्यक्षबीच छलफल चलिरहेको सापकोटाको भनाइ छ। हिजो वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक बिना निश्कर्ष टुंगिएको थियो।
बैठकमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको छ।
पार्टीको शक्तिशाली निकाय केन्द्रीय कमिटीमा अहिलेको विवादका बारेमा छलफल गर्न शीर्ष नेता समहत भएकाे बुझिएको छ।
हिजो अध्यक्षहरु ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीच विवादका विषय केन्द्रीय कमिटी बैठकमा लगेर छलफल गर्ने सहमति भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस