काठमाडौं-सत्तारुढ दल नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको छ ।
जनताको कोषबाट सञ्चालित बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर नेकपाले राजनीतिक मात्र होइन, आर्थिक रूपमा पनि राज्यलाई दोहन गरिरहेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार तत्कालीन एमाले र माओवादीले पार्टी एकताको घोषणा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेका थिए । २ जेठ ०७५ मा पार्टीका केन्द्रीय सदस्य बालुवाटारमा भेला भएर एकतासम्बन्धी निर्णयको अनुमोदन गरेका थिए ।
३ जेठमा घोषणा भएको नेकपा केन्द्रीय समितिका चार सय ४१ सदस्यले शपथ मात्र होइन, खुसियालीको भोज पनि बालुवाटारमै खाएका थिए ।
त्यसो त केन्द्रीय कमिटीको पहिलो बैठक १० जेठ ०७५ मा बालुवाटारमै बसेको थियो । त्यस्तै, नेकपा केन्द्रीय सचिवालयका ५० बैठक बालुवाटारमै बसेका छन् ।
पार्टी एकतापछि बालुवाटारमा नेकपाका ५० भन्दा बढी बैठक बसेका छन् ।
त्यसमध्ये जम्मा दुई बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेका छन् । ‘प्रधानमन्त्री तथा अध्यक्ष अस्वस्थ भएर अनुपस्थित भएका वेला दुई बैठक पार्टी कार्यालयमा बसिएको हो, त्योभन्दा अरू सबै बैठक सरकारी निवासमै भएका छन्,’ नेकपा सचिवालयका एक सदस्यले भने ।
३ फागुन ०७४ मा ओली प्रधानमन्त्रीको रूपमा नियुक्त भएयता पार्टीका महत्वपूर्ण र धेरै बैठक प्रधानमन्त्रीकै सरकारी निवासमा भएका छन् ।
अनौठो यो छ देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाका दुईवटा केन्द्रीय कार्यालय छन्, तर बैठकस्थल भने बालुवाटार बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस