काठमाडौँ – चीनले सर्वोच्च शिखर सगरमाथा चुचुरोसम्म प्रभाव गर्ने गरी फाइभ जी इन्टरनेट प्रविधि ६५०० मीटर को उचाइमा जडान गरिसकेको छ र सगरमाथाको उचाई नापिरहेको छ ।
चीनले सगरमाथाको उचाई सार्वजनिक गरेर चुचुरो आफ्नो पनि हो भनी विश्वलाई देखाउन खोजिरहेको छ र यसमा सरकार सहयोगी बनिरहेको छ ।
सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनी विश्वले नै मानेको छ । तर, चुचुरोलाई चीनले आफ्नो नक्शामा राखेको छ । गुगल नक्शामा हेर्यो भने चुचुरो चीनतर्फ देखाउँछ ।
नेपालको उत्तरतर्फको भुभाग चीनले अतिक्रमण गरेको खबरहरु आइरहेको छ । हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक लगायत जिल्लाहरु गरी चीनले ३३ हेक्टर जग्गा अतिक्रमण गरेको छ । तर यो बिषयलाई लिएर सरकार अझै मौन छ ।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा सबै दल बोले र नयाँ नक्शा पनि राष्ट्रिय सहमतिका साथ जारी गरे । तर, चीनले भुमि अतिक्रमण गरेको र चिनियाँको नेपालमा गम्भीर गतिविधिबारे खुलासा हुँदा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकार मौन रहनुलाई गम्भीरताका साथ लिइएको छ ।
अहिले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच नजिकको सम्बन्ध रहेको छ । नेकपामा चीनको प्रभावबारे विषय उठिरहेको छ । चीनले भुमि अतिक्रमण गर्दा सरकार र नेकपाको मौनताले उसमाथि लागेको चीनपरस्तको आरोप पुष्टि हुने बलियो आधार बन्दै गएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमालय र सगरमाथाबारे आपतिजनक गतिबिधि र चिनद्वारा कब्जा गरिएको,कोरोनाबारे सहयोग र चिनिया भाषा ढाउने नाममा चिनियाँ सेना नेपाल पसेको भन्दै ट्वीटरमै लेखेका छन् । उनले सरकारलाई चिनिया पार्टीले तालिम दिएको र यसको जवाफ सरकारसंग माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस