काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तामा रहुन्जेल राष्ट्रघाती र भ्रष्टाचारीहरु रातारात राष्ट्रवादी र सदाचारी हुन खोजेको आरोप लगाएका छन् ।
हिजो गलत काम गर्नेहरु आज प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी हुने कुचेष्टा गरेको उनको भनाई छ ।
प्रतिनिधिसभा बैठकमा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै विरोधका नाममा विरोध मात्र गरी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा बाधक नबन्न प्रतिपक्षी दललाई आग्रह गरे ।
सरकारले समय सापेक्ष नीति तथा कार्यक्रमलाई अघि बढाएको उल्लेख गर्दै उनले राम्रो कामलाई पनि नराम्रो भनि प्रचार गर्ने विरोधी नीति त्याग्न समेत आग्रह गरे ।
सांसद बस्नेतले सरकारको नीति तथा कार्यक्रममा नेपालको अतिक्रमति भूमि फिर्ता गराई नयाँ नक्सा जारी गर्ने ऐतिहासिक निर्णय लिएको बताए ।
भारतले नेपाली भूमि लिपुलेक, लिपिम्याधुरा र कालापानीमा नेपाली भूमि अतिक्रमण गरी ६ महिना अघि आफ्नो नक्सामा समावेश गरी नेपालको भूभागलाई कब्जा गरेको उल्लेख गर्दै उनले नयाँ सडक निर्माण गरी उद्घाटन गरीसकेकोमा आक्रोसित व्यक्त गरे ।
सरकारको नीति तथा कार्यक्रमलाई संशोधन कर्ताले बुँदा नं. १ देखी २७६ सम्मका सवै पुर्नलेखन गर्नुपर्छ भन्ने कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल तथा नेपालको अतिक्रमित भूमि सहितको समेटेर नयाँ नक्सा जारी गर्दा भारतसँग सल्लाह गरेर ल्याउनुपर्छ भन्ने सांसद सरिता गिरी प्रति लक्षीत गर्दै उनले राष्ट्रियताको सवालमा काम गर्न सरकारले खुट्टा कमाउन नहुने र नकमाउने बताए ।
सरकारले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा २ जनाको मृत्यु, ३६ निको भएका, ३०४ जनामा कोरोना संक्रमण भएको जानकारी गराउँदै उनले कोरोना पछि नेपालमा आउने समस्या र चुनौतिहरुलाई सामना गर्ने योजनाका साथ सरकारले नीति तथा कार्यक्रमहरु अघि सारेको दावी गरे ।
पर्यटन व्यवसाय, वैदेशीक रोजगारी धरासायी बन्ने स्थिती भएको साथै विदेशबाट झण्डै १५ लाखभन्दा बढी युवाहरु स्वदेश फर्कने स्थिती रहेको जानकारी गराउँदै उनले कोरोना पछि नेपालमा आउन सक्ने समस्या तथा चुनौतिका समग्र कुराहरुलाई सम्बोधन गर्न सरकारले कृषि क्षेत्रमा वैज्ञानिक, यान्त्रीकरण गर्ने विधि सहित पाँच लाख युवाहरुलाई कृषी क्षेत्रमा रोजगारी दिने कुरा अघि सारेको बताए ।
बाँझो रहेको कृषि क्षेत्रलाई मात्रै हामीले खेती गर्ने हो भने १३ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘भारतले दुई खर्वभन्दा बढी रेमिट्यान्स नेपालबाट लाने गरेको, सात लाखभन्दा बढी युवाहरुलाई नेपालमा रोजगारी पाइरहेका छन् । ति युवाहरुले गरेका कामलाई प्राविधिक रुपले सम्बोधन गर्न सक्ने हो भने थप सात लाख युवालाई रोजगारी सिर्जना गर्न सक्छौं । खाद्यान, पशुपालन, निर्माण, उद्योग, साना तथा झौला उद्योगहरुलाई सपोर्ट गर्ने क्षेत्रमा सरकारले ध्यान दिएको छ । सञ्चार उद्योग आज धारासायी हुँदैछ, जसको लागि विभिन्न प्रकारका योजनाहरु ल्याउन सरकारले विशेष ध्यान दिएको छ । सरकारले ४५ वटा उद्योगहरु स्थापना गर्ने योजना अघि सारेको छ । सात वटै प्रदेशमा ठूला ठूला औद्योगीक क्षेत्रको स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।’
सरकारले कोरोनाको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्दै साना तथा ठूला आयोजनालाई अघि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै उनले रेलमार्ग, पानी जहाज, सुरु मार्ग, स्मार्ट सिटी, प्राणाी उद्यान, दुवाकोटमा वीर अस्पताल, गठ्ठाघरमा आधुनिक सभागृह, तीन सय वटा ठूला पुल बनाउने, मेलम्ची खानेपानी यो वर्ष नै काठमाडौँमा ल्याउने, सडकमा अलपत्र परेका मानव रहित बनाउने, कोही नागरिक भोकै पर्दैनन्, भोकै मर्दैनन् भन्ने नीति लिएको, खुल्ला दिशामुक्त, सरसफाई युक्त मुलुक बनाउने योजना अघि बढाएको जानकारी गराए ।
नीति तथा कार्यक्रमको सार पक्षको कुरा नबुझि सानो कुरालाई ठूलो नबनाउन पनि उनले आग्रह गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस