पोखरा- समाजसेवी एवं नेपाली काँग्रेस कास्कीका नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । विसं २०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बसेका थिए ।
साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।
समाजमा निष्ठावान् र त्यागी व्यक्तिको पहिचान बनाएका उनका तीन छोरा र तीन छोरी छन् । सामाजिक क्षेत्रमा लामो समय योगदान पु¥याउनुभएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्बन्धित पुस्तक प्रकाशित गर्ने तयारी गरिए पनि बन्दाबन्दीका कारण स्थगित गरिएको नेपाली काँग्रेस कालिकाका पूर्वसभापति भानु ढकालले जानकारी दिए ।
स्व त्रिपाठीको पार्थिव शरीर आजै पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्वजिल्ला सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस