काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० जना स्थायी कमिटी सदस्यको भेलाले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा भएको भेलाले तत्काल स्थायी कमिटी बैठक बोलान माग गरिएको नेकपा स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले जानकारी दिएका छन् । तत्काल स्थायी कमिटी बैठक बोलाएर बैठकमा सबै विषयमा छलफल हुनुपर्ने विषयमा सबै सदस्यको एक मत रहेको उनले बताए ।
नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक एजेण्डामा सहमति जुट्न नसक्दा स्थगित भएको छ । यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी लगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्धयलाई मागपत्र बुझाएका थिए ।
कोरोना भाइरसको माहामारीका बेला एकजुट भई लड्ने बेलामा राजनीतिक दललाई नै कमजोर बनाउने गरी अध्यादेश ल्याएको भन्दै स्थायी कमिटी बैठक बसेर त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउन उनीहरुको माग छ ।
वैशाख २० गतेको सचिवालय बैठकले आजका लागि स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो । त्यसको एजेण्डा तय गर्न बुधबार साँझ सचिवालय बैठक डाकिएको थियो ।
बुधबारको सचिवालय बैठकमा शीर्ष नेताहरुबीच कुरा मिल्न नसक्दा स्थायी कमिटी बैठक अन्यौल बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस