हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । ‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरिएबाट नै प्रेस स्वतन्त्रताप्रति नेपाल कति संवेदनशील छ भन्ने कुरा जगजाहेर हुन्छ” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।
उहाँले नेपाली पत्रकारिताले पूर्णरुपमा निष्पक्ष र व्यावसायिक बन्न नसकेको आरोप खेपिरहेको बताउँदै वर्तमान अवस्थामा युनेस्कोले सार्वजनिक गरेको यो वर्षको नाराको मूल मर्मअनुसार पत्रकारिता क्षेत्र अघि बढ्नसके नेपाली समाजका लागि ठूलो उपलब्धि हुने कुरामा दुईमत नभएको उल्लेख गरेका छन् ।
उनले सन्देशमार्फत देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको भन्दै हरेक क्रिया, प्रतिक्रिया, घटना, परिघटना एवं वस्तुस्थितिका बारेमा जानकारी प्राप्त गर्ने नागरिकको अधिकार रक्षाका लागि पनि पूर्ण प्रेस स्वतन्त्रताको आवश्यकता छ भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस