काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध सांसद अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले पनि अस्वीकार गरेको छ ।
सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई मंगलबार सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता नगरी फर्काइदिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु मंगलबार सरकारी वकिलको कार्यालयमा दर्ता गर्न पुगेका थिए ।
जनता समाजवादीका नेता राजेन्द्र महतोले सांसद अपहरण गरिएको सूचना दिन आएको अवस्थामा सूचना नलिने काम हुनुले कतै न कतैबाट परिचालित भएको स्पस्ट भएको बताए । उनले यसबाट निरंकुसता कति सम्म बढेको छ भन्ने स्पष्टसँग प्रमाणित भएको बताएका छन् । उनले नेपाली जनता यहि अवस्था आउनको लागि नलडेको बताउँदै अब आफुहरु फेरी जनतामा जाने बताए । उनले भने ‘लोकतन्त्र माथि प्रहार हुन लागेको छ । निरंकुसता हाबी हुन लागेको छ र यो अवस्थामा हामी बहुत गम्भिर हुनुपर्छ हामी सबै बाटो खोज्छौं जनतामा जान्छौं ।’
यस्तै अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वकिलको कार्यालयले अध्ययन गरेर मात्रै जाहेरी दर्ता गर्ने या नगर्ने जवाफ दिने बताएकाले समय दिइएको बताए । उनले उजुरी दर्ता लिने नलिने विषयमा बहस भएको र आफुहरुले स्पस्टसँग यहाँको क्षेत्राधिकार भएकोले दर्ता लिन आग्रह गरेको बताएका छन् । सरकारी वकिलको कार्यालयले अध्ययनका लागि समय दिनुहोस भनेपछि एक दिनको समय दिइएको उनले बताए । उनले भने ‘हामी यसको अध्ययन गर्नको लागि समय दिनुहोस भनेर अध्ययन गर्नको लागि हामीले एक दिनको समय दिने सल्लाह भएको छ । अब भोलि के जवाफ आउँछ त्यही अनुसार हुन्छ । आजलाई दर्ता भएन अध्ययनको लागि समय मागेकोले समय दिइएको छ ।’
नेकपमाका सांसद द्वय बस्नेत र श्रेष्ठ लगायत पूर्व प्रहरी महानिरीक्षक खनालले तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई यहि वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए । सांसद यादवले पार्टी फुटाउनकै लागि आफुलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस