दमौली- गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोभिड–१९ को महामारीमा पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । तनहुँ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुखसँग आज भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री पुनले विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन आवश्यक रहेकामा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको बैठकमा स्थानीय सरकार र विद्यालयले अहिलेको अवस्थामा गर्न सक्ने कार्यको विषयमा छलफल गरिएको थियो । शिक्षा, विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्त शर्माका अनुसार स्थानीय सरकारले प्रधानाध्यापकको बैठक, विद्यालय र शिक्षकले गर्न सक्ने कार्यको खोजी, विद्यालय खुलेपछिको तयारी, योजना निर्माण, सूचना प्रविधिको प्रयोग, स्थानीय पाठ्यक्रमको निर्माण, पाठ्यपुस्तक वितरणलगायत गर्न सक्ने विषयमा छलफल गरिएको छ ।
भिडियो कन्फरेन्स बैठकमा जिल्लाका चार गाउँपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस