काठमाडौं – जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिने भएका छन् । प्रहरीले दर्ता गर्न नमानेपछि उनले कानुन व्यवसायीको रायअनुसार मंगलबार सरकारी वकिल कार्यालयमा गएर उजुरी दिन लागेका हुन् ।
नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेको भएपनि प्रहरीले जाहेरी लिन मानेन । प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।
तत्कालीन समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वप्रहरी महानिरीक्षक खनालमार्फत डा.यादवलाई फकाएर काठमाडौं ल्याउन सांसदको टोली बुधबार बिहान महोत्तरी पुगेको थियो ।
प्रलोभन र दबाबमा पारेर आफूलाई काठमाडौं ल्याएको र म्यारियट होटेलमा राखिएको उनको जाहेरीमा उल्लेख छ ।
कांग्रेस, जनता समाजवादी पार्टी नेपाल तथा राप्रपाले सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरी महोत्तरीबाट काठमाडौंसम्म ल्याएको घटनाप्रति आपत्ति जनाएका छन् । पार्टी फुटाउने उद्देश्यअनुरूप सरकारले नै सांसद यादवलाई काठमाडौंसम्म ल्याएको विपक्षी दलहरूको ठहर छ ।
कांग्रेसको अगुवाइमा सोमबार बसेको विपक्षी तीन दलको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिए पनि पार्टी फुटाउन सांसद अपहरण गर्ने, संविधान र लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार गर्दै अधिनायकवादी बाटोमा सरकार अग्रसर भएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस