काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र स्थायी कमिटी बैठक माग गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश जारी गरेपछि नेकपाभित्र स्थायी कमिटी बैठकको माग गरिएको हो।
मंगलबार साँझ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष नेकपाका नेताहरूले स्थायी कमिटी बैठक माग गरेका छन्। भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, रघुजी पन्तलगायत नेताहरूले दाहालसमक्ष स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। भीम रावलले दाहाललाई फोन गरेर सचिवालय बैठकमा भएको छलफलको विषयमा कुराकानी गर्दै स्थायी कमिटी बैठक आह्वान गर्न माग गरेको स्रोतले जनाएको छ।
त्यसैगरी जनार्दन शर्मा, देवेन्द्र पौडेल र हरिबोल गजुरेलले दाहाललाई भेटेरै स्थायी कमिटी बैठक माग गरेका हुन्। ‘पार्टीभित्र उत्पन्न पछिल्लो घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक माग गरिएको छ,’ एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले पार्टीको सबै संयन्त्र छलेर काम गर्न थाल्नुभयो, यो राम्रो पक्ष होइन।’
भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, रघुजी पन्तलगायत नेताहरूले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।
सोमबार बसेको नेकपा सचिवालय बैठकमा राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेशमाथिको छलफलमा मत विभाजन भएको थियो। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट पास गरेर राष्ट्रपति कार्यालयमा अध्यादेश जारी गर्न पठाएपछि बसेको बैठकमा नेकपाका सचिवालय सदस्यहरूबीच मत बाझिएको थियो।
प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्ति रोकिएको दाबी गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुपरेको बताएका थिए भने राजनीतिक दलसम्बन्धी अध्यादेश सत्तारुढ पार्टी नेकपा लक्षित नभएर अर्को दलको आग्रहमा ल्याइएको दाबी गरेका थिए। तर सचिवालय सदस्यहरूले यस्तो समयमा अध्यादेश ल्याउन उचित नभएको बताएका थिए।
बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले यो विषय उपयुक्त समयमा नआएको बताएका थिए भने वामदेव गौतमले बिनासल्लाह अध्यादेश ल्याउने अनि राष्ट्रपति कार्यालयमा पठाएर छलफल गर्नुको औचित्य नभएको बताएका थिए। नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस