काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले सरकारले दुई अध्यादेशको अवधारणा अघि सारेको केही घण्टामै आपत्ति जनाएका छन् ।
यसअघि पनि रावलले सरकारको आलोचना गर्दैआएका थिए । सोमबार राष्ट्रपतिले जारी गरिसकेका दुई अध्यादेशलाई ‘देशका लागि अनिष्टकारी’ भन्दै सामाजिक संजालमार्फत विरोध गरेका छन् ।
रावलले ट्वीटरमार्फत व्यक्त गरेको बिचार जस्ताको त्यस्तै :
‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।
देशमा राजनीतिक स्थायीत्व र कायम गरी बाह्य चलखेल बन्द गर्ने द्येयले राजनीतिक दलका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दल सम्बन्धी कानुन ल्याइएको थियो । त्यसै गरी तत्कालिन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो ।
यसका विरुद्ध ल्याइएका यी दुबै अध्यादेशले देशलाई पुन राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरण तर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनष्टिकारी अध्यादेश खारेज हुनुपर्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस