सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को सङ्कट अन्त्यका लागि सबै तहका सरकारबीचको आपसी समन्वय आवश्यक भएको बताएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय प्रमुखसँगको भिडियो कन्फ्रेन्समा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय तहले ‘कोभिड–१९’ को प्रतिकार्यका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले जिल्ला समन्वय समितिले आफनो जिल्लाका स्थानीय तहबीच समन्वय गरी त्यहाँको समस्या र आवश्यकताको बारेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरेका छन् । उनले भने, “अहिलेको मुख्य काम भनेकै एकताबद्धरुपमा कोरोना सङ्कटका विरुद्ध लडाइँ लड्नु हो । अब जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टोली निर्माण गरी कोरोना प्रतिकार्यमा लाग्नुहोस् ।”
महामारी आइलागे पनि नागरिकको ज्यान सुरक्षार्थ अहिले नै वडास्तरसम्म एकीकृत टोली परिचालनको व्यवस्था मिलाउने गरी तयारी थाले विपद् प्रतिकार्य गर्न सकिने उनले बताए । प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरेको जनाउनु भएका मुख्यमन्त्री शाहीले भने, “स्थानीय तहका लागि आवश्यक बजेट, स्वास्थ्य सामग्री तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन दिइँदैन ।”
क्षेत्रगत रुपमा बन्दाबन्दीलाई कडाइ गर्दै उच्च सावधानीसहित अत्यावश्यक कृषि कार्य गर्न सम्बन्धित परिवारलाई सामाजिक दूरी कायम गर्न र बाली भण्डारणमा बाहिरको जनशक्ति प्रयोग नगर्न सुझाएका छन् । जिसस प्रमुखहरुसँगको उक्त भर्चुअल बैठकमा मुख्यमन्त्री शाहीले एक घरदेखि अर्को घर, एक टोलबाट अर्को टोल, एक स्थानीय तहबाट अर्को स्थानीय जाने कुरामा पूर्ण रोक लगाइ बन्दाबन्दीको प्रभावकारी कार्यान्वयनमा जोड दिन सबैलाई आग्रह गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस