सुर्खेत-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।
प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इञ्चार्ज जनार्दन शर्मा र सहइञ्चार्ज यामलाल कँडेललाई अन्तरप्रदेश संयोजन, अन्तर्राष्ट्रिय अनुभव सम्प्रेषण गर्ने, प्रदेश बाहिर रहेका कर्णालीका नागरिकलाई समस्यामा पर्न नदिन उचित व्यवस्थापन गर्ने, मातहतका कमिटीबाट आएको रिपोर्टको विश्लेषण गर्ने, मेडिकल सामग्री, खाद्यान्नलगायत अत्यावश्कीय वस्तुको आपूर्तिबारे केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।
त्यस्तै नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा केन्द्रमा विभाजन गरेको छ ।
कर्णाली प्रदेश सरकारले यी स्थानका अस्पतालमा सङ्क्रमितको उपचार गर्ने गरी आइसोलेसन वार्ड निर्माण गरिसकेको छ ।
चौरजहारीमा प्रदेश सहइञ्चार्ज कालीबहादुर मल्ल, सुर्खेतमा प्रदेश सचिव मायाप्रसाद शर्मा र जुम्लामा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा परिचालित हुन निर्देशन दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस