हेटौँडा– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन् । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
उनले व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गरे । लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन अनुरोध गरे ।
मुख्यमन्त्री पौडेलले काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गरिनुपर्ने बताए । उनले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए । मुख्यमन्त्री पौडेलले आवाससहितका उद्योगलाई भने सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न निर्देशन दिए ।
छलफलमा प्रदेशका प्रमुख सचिव तोयम रायले कृषि उपजलाई किसानबाट बजारसम्म पु¥याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताए। मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले लकडाउन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा मकवानपुरका प्रजिअ दीपकराज नेपाल, नेपाली सेना मध्य पृतना हेडक्वार्टरका पृतनापति ताराध्वज पाण्डे, जिल्ला समन्वय समिति वाग्मती प्रदेशका संयोजक रघुनाथ खुलाल, प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल लगायतका व्यक्तित्वले लकडाउनलाई प्रभावकारी बनाउन गर्न सकिने कार्यबारे आ–आफ्नो धारणा राखेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस