मोरङ्ग – नोवेल मेडिकल कलेजका सञ्चालक तथा कांग्रेसका मोरङ क्षेत्र नं. ३ का उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा रहेका चार गाउँपालिकाहरुलाई प्रदान गरेको सहयोग रकम कानेपोखरि गाउपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले अस्विकार गरेका छन् |
प्रमुख काफ्लेले आफू कम्युनिष्ट भएको र शर्मा कांग्रेस भएकैले सहयोग स्वीकार नगरेको नजिकका कार्यकर्तालाई बताएपछि उनको ब्यापक आलोचना भएको छ |
डा शर्माले लकडाउनका कारण पीडित भएका स्थानीयलाई ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए |
बेलवारी नगरपालीकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग रकम स्थानीय गाउँपालीकाहरुलाई प्रदान गरेका थिए।
सहयोग रकम सुन्दरहरैचा नगरपालिका, बेलवारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका तथा कानेपोेखरी गाउँपालिका लाई भनेर छुट्याइएको थियो ।
तीन वटा नगरपालिकाका प्रमुखहरु बेलवारी नगरपालिकाको कार्यालयमा गई सहयोग रकम लिए पनि कानेपोखरि गाउपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले भने विभिन्न बहाना बनाउदै अस्विकार गरेका हुन् |
आधिकारिक जानकारी नआएका कारण सहयोग रकम लिन नगएको बताएका छन् ।
तर बेलवारी नगरपालिका प्रमुखले भने आफूले निरन्तर कानेपोखरी गाउपालिकाका अध्यक्षसँग सम्पर्कमा रहेको तथा सो विषयमा जानकारी गराएको समेत जानकारी गराएका छन् ।
नोवेल मेडिकल कलेज सञ्चालक शर्माले यो समय राजनिति गर्ने समय नभएको भन्दै कानेपोखरी गाउपालिकाका अध्यक्षको सो कदम न्युनतम मानवीय मुल्य र मान्यता को समेत विरुद्ध रहेको बताएका छन् ।
यो समय हरेक नागरिकले आफूलाई ब्रह्मनालमा राखेर सोच्ने समय भएको बताउदै उनले विद्वान बर्गवाट यस्तो कार्यको अपेक्षा नगरिएको समेत बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस