काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।
सन्देशमा बेलायतमा रहेका सबै नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम रहने विश्वास व्यक्त गरेका छन् ।
गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गरेका थिए ।
त्यस अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराएका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाउनुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भाइरसका बुधबार कारण मृत्यु भएको छ । उनी भूपु गोर्खा सैनिक थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस