काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन तथा सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग हार्दिक अपिल गरेको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै कोभिड भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिलेको विपद्को अवस्थामा सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन राजपाले आग्रह गरेको छ ।
राजपाले महामारीको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री नपुगेको गुनासो बढेको र औषधि खरिद प्रक्रियामा अनियमितताको खबरले जनतामा नकारात्मक सन्देश गएको भन्दै तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल उनीहरुलाई स्वदेश ल्याउन वाताबरण बनाउने र स्वास्थ्य जाँच गरी शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा समेत राख्न आग्रह गरिएको छ । साथै राजपाले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्री वडा तहबाटै आम नागरिकसम्म पु¥याउने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहालाई जिम्मेवार भई तत्परता देखाउन ध्यानाकर्षणसमेत गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस