काठमाडौं – जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भएरनभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ।
सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भएरनभएको अझै यकिन गर्न नसकिएको उल्लेख गर्नुभएको हो।
लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिनुभएको थियो।
सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरूपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ।
काभ्रे प्रहरी कार्यालयमा हत्याको आरोप लागेको जाहेरी हुँदाहुँदै सापकोटालाई सभामुख बनाउन लागिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो।
सो रिट निवेदनमाथि भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त जाहेरीमाथि भएको अनुसन्धानको प्रगति विवरण पठाउन आदेश दिएको थियो।
लामालाई २०६२ साल वैशाख १६ गते काभ्रे जिल्लाको श्रीकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणबाट अपहरण गरी सोही सालको असारको दोस्रो हप्ता बुढाखानी गाविसमा खाल्डो खनी जिउँदै गाडेको आरोप लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेको लिखित जवाफमा उल्लेख गरिएको छ– ‘यस कार्यालयबाट सूक्ष्म रूपमा अनुसन्धान गर्दा हालसम्म निज अर्जुनबहादुर लामाको मृत्यु भए, नभएको एकिन गर्न नसकिएको तथा निजलाई हत्या गरी गाडिएको भनिएको कापजि बुढाखानी गाविसको चारकिल्लाभित्र कुनै प्रमाण फेला पर्नसकेको छैन।’
लिखित जवाफमा सो बारेमा अनुसन्धान कार्य अझै जारी रहेको जिकिर गरिएको छ।
सर्वोच्चले अनुसन्धानको प्रगति विवरण पठाउन आदेश दिएको भए पनि काभ्रे प्रहरी कार्यालयले पुरानै विवरण पठाएको छ। विवरणको अन्त्यमा ‘अन्य अनुसन्धान कार्य जारी रहेको’ भनी उल्लेख गरिएको छ। के कसरी अनुसन्धान भएको छ भनी विवरणमा खुलाइएको छैन।
सर्वोच्चले २०६८ साल असार ७ गते सो जाहेरीमा अनुसन्धान जारी राखी प्रत्येक १५ दिनमा प्रगति विवरण पठाउन आदेश दिइएको थियो। सो आदेशपछि दुई वा तीनपटकसम्म विवरण आएको र त्यसपछि आउन छोडेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए। नेपालसमाचारपत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस