रोल्पा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन् । लिबाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागी राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रुपमा चिनाउनुपर्ने समय आएको बताएका छन् ।
सबै रोल्पाली कुनै न कुनै विधाको व्यवसायी बन्न आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलगायत उपस्थिति थियो ।
रोल्पा नगरपालीकाको आयोजना, रोल्पा उद्योग वाणिज्य सङ्घ रोल्पाको सहआयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा लगानी सम्मेलनको आयोजना गरिएको हो । जिल्लामा जलविद्युत्, कृषि, पर्यटन र खानीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस