काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा आज सोमबारका लागि तोकेको छ ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।
महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस