काठमाण्डौ-नेपाली कांग्रेसले संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगबाट काम भए कांग्रेस चुप लागेन नबस्ने बताईन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकार र राजनीतिक पुर्वाग्रहमा परेर माघ २२ गते कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेको र यसको पुष्टी सरकार आफैंले गरेको भुषालको भनाई छ।
संवैधानिक निकाय सन्तुलनमा रहनुपर्ने धारणा राख्दै सांसद भुसालले लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिका लागि पार्टीका संस्थापक बिपी कोइरालाले ८ वटा राजद्रोहको मुद्दा पनि देशमै आएर संवैधानिक रुपमा लडेको इतिहास स्मरण गर्दै कानूनी लडाइँ लड्ने बताईन। “संवैधानिक अङ्गले संविधानवादको विपरीत काम गर्छ भने संसद्ले त्यसको प्रतिवाद गर्नुपर्छ, बालुवाटारको जग्गाको विवरण तयार पारी पठाउनु भनी भौतिक योजना मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको पत्र अहिले पनि छ, यसको प्रक्रिया अघि बढाउन मुख्यसचिवले उपयुक्त ठानेर प्रस्ताव तयार पारेकामा आदेश दिने र प्रस्ताव तयार पार्नेलाई मुद्दा चलाउनु नपर्ने ?” सांसद भुसालले भनेकी छिन्।
यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठकमा अवरोध नगर्ने निर्णय गरेको थियो। कांग्रेसको हिजोको केन्द्रीय समिति बैठकले राजनीतिक र कानूनी लडाई एकसाथ लड्ने निर्णय गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस