काठमाण्डौ-नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको छ।
आज विभिन्न विद्येयक पेश गर्ने कार्यसुची भएपनि कांग्रेसको अवरोधका कारण बैठक अवरोध भएको संसद सचिवालयले जनाएको छ। बैठकको सुरुमै कांग्रेस सांसदले उभिएर अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बस्न आग्रह गर्नुभएको थियो। आजको बैठकमा पनि कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बोल्न खोज्दा सभामुखले माइक खोल्नुभएन।
सभामुख सापकोटाले आजसमेत गरी तीन पटक सम्म बैठक अवरुद्ध भएको भन्दै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सुचारु गर्न सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका थिए। संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताउनुभएको थियो।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ। यसअघि गएको बुधबार र बिहीबारको बैठक पनि कांग्रेसका सांसदहरुको अवरोधका कारण अवरुद्ध भएको थियो।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि कांग्रेसले विरोध जनाउदै आएको छ। अख्तियारले उपसभापति गच्छदारलाई करोड ६९ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो। बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस