पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताए । हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उनले यो बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताएका छन् ।
पार्टीले सरकारको नेतृत्व गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा समूहगत छलफल भई अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताए । उनले पार्टी एकतापछि ठूलो सङ्ख्यामा रहेको केन्द्रीय कमिटीभित्रका साथीबीच पनि अन्तरघुलन भएको धारणा राखेका छन् ।
समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उनले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने विषय बैठकसँगै अन्त्य भएको बताएका छन् । नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट पारेका छन् ।
एमसिसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिए ।
सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्फ़बाट कूटनीतिक नोट भारत समक्ष पठाइएको जानकारी दिएका छन् । नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उहाँले भारतबाट पनि यसमा सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस