काठमाण्डौ-आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रिय रुपमा सहभागी हुने नेपाल विद्यार्थी सङघ (नेविसङघ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ। नेविसङघका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताका छन्।
“हामी मनोनित हुँनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन हो’’ र ‘‘निर्वाचनमा सक्रिय भाग लिएर सफल बनाउछौँ।’’ अध्यक्ष ढुङ्गानाले बताए।
अध्यक्ष ढुङ्गानाले निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको समेत जानकारी गराए। ढुङ्गानाले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिविलाई आग्रह गरेका छन्।
त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। वि सं २०७३ मा २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। अनेरास्ववियुका संयोजक ऐन महरले निर्धारित मितिमा नै स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले निर्वाचन हुने बताए। ‘‘नेविसङ्घको नयाँ नेतृत्व पनि निर्वाचन गर्नमा सकारात्मक छ’’, महरले भने, ‘‘ हामी निर्वाचनका सम्बन्धमा नेविसङ्घसँग छलफल गरिरहेका छौँ।’’
त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ। त्रिवि सभा सदस्य तथा आर आर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले चाडै नै त्रिविले निर्वाचनका सम्बन्धमा सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गर्ने बताए।
यसअघि त्रिविले फागनु १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरूप हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस