काठमाडौँ– नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”
संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिएका छन् । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको उनको भनाइ थियो ।
कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणका लागि २४ घण्टे ‘हेल्प डेस्क’ चलाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले चीनसँग सिधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) विभिन्न चरण पार गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले हस्ताक्षर गरेको अवगत गराउँदै उनले भने, “यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको विद्युत् भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ? तत्काल एमसिसी संसद्बाट अनुमोदन गर्नुपर्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस