पर्सा– निर्वतमान राष्ट्रिपति डा रामवरण यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुने धारणा व्यक्त गरे । उनले सूचना प्रविधिमा विकास गरेका मुलुकनै समृद्ध भएकाले विद्यलायस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिनुपर्ने विचार व्यक्त गरेका छन् ।
वीरगञ्जमा आजदेखि शुरु भएको क्यान इन्फोटेक मेला २०७६ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले शिक्षा, स्वास्थ्य, व्यापारदेखि रोजगारका क्षेत्रमा सूचना तथा विज्ञानलाई समावेश हुनेगरी नीति निर्माण हुनुपर्ने आवश्यकता औंल्याए । उनले सूचना तथा विज्ञानको सवल तथा दुर्वल पक्षको समेत जानकारी दिँदै नेपाली समाजलाई प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।
क्यान नेपाल पर्सा जिल्ला अध्यक्ष दीपक साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरलगायतका वक्ताले विद्यालयस्तरमा सूचना प्रविधिलाई पाठ्यक्रममा समावेश गर्न जरुरी भएको धारणा व्यक्त गरेका थिए ।
सूचना प्रविधिको सदुपयोग तथा दुरुपयागेबारे युवा पुस्तालाई जानकारी नदिए यसले गलत बाटो पहिल्याउने खतरा भएकाले सरकारले यसबारे गम्भीर भएर सोच्ने बेला आएको उनीहरुको भनाइ थियो । आजदेखि शुरु भएकोे प्रदेशस्तरीय प्रविधि तथा विज्ञान मेला माघ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस