काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएको बताएका छन् । वृहत् राष्ट्रिय शान्ति कोटीहोम महायज्ञ एवम् चन्द्रागिरी धार्मिक पर्यटन महोत्सवबारे जानकारी दिन मूल समारोह समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने , ‘‘नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएको मुलुक हा, त्यसप्रति हामी गर्व गछौँ ।’’
विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने उनको भनाइ छ । उहाँले हिन्दु धर्मको बाहुल्यता रहेको नेपालमा अल्पसङ्ख्यकमा भएका विशेषगरी ख्रिष्टियन, मुस्लिमलगायत धार्मिक समुदायले असुरक्षा महशुस गर्नुपरेको छैन् भने । धर्म र सम्प्रदायबीचको अनुपम सहिष्णुताले नै आज नेपाल विश्वमै कहलिएको मन्त्री भट्टराईले उल्लेख गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० मा एकातिर प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यतालाई नजिकबाट हेर्न पर्यटक आउँछन् भने अर्कोतिर आफ्नो धार्मिक आस्था र विश्वाससमेतलाई प्रकट गर्नको निम्ति पर्यटक आउने भएकाले धार्मिक पर्यटकको महत्वपूर्ण भूमिका हुने पर्यटनमन्त्रीको भनाइ थियो ।
उनले धार्मिक पर्यटनका माध्यमबाट विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिएको र त्यसका निम्ति पशुपति विकास कोष र लुम्बिनी विकास कोषलाई आवश्यक समन्वय र सहजताका लागि जिम्मेवारी तोकिएको बताए । मन्त्री भट्टराईले पशुपति विकास कोषलाई हिन्दु धर्मसँग सम्बन्धित सम्प्रदाय र सङ्घसंस्थालाई स्वदेश तथा विदेशमा समन्वय गर्न र लुम्बिनी विकास कोषलाई बुद्ध धर्मसँग सम्बन्धित संस्थाको समन्वयमा विश्वमा बुद्ध धर्मको बाहुल्यता भएका मुलुकबाट पर्यटक भित्र्याउन पहलकदमीका लागि आग्रह गरिएको जानकारी दिएका छन् ।
उनले छिमेकी मुलुक भारत र चीनका अलावा अन्य मुलुकसमेतबाट धार्मिक पर्यटक भित्र्याउन महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महाशिवरात्रिलाई विशेष उत्सवका रुपमा मनाइने
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको सन्दर्भमा यसपटक महाशिवरात्रि पर्वलाई विशेष उत्सवका रुपमा मनाउने तयारी गरिएको जानकारी दिएका छन् । शिवरात्रिमा हिस्दुस्तान मात्र नभई युरोप अमेरिकाका हिन्दु धर्मप्रति विश्वास गर्नेलाई नेपालमा ल्याउन पशुपति विकास कोषले समन्वय गरिरहेको उनले उल्लेख गरे ।
चन्द्रागिरी नगरपालिकाअन्तर्गत मातातीर्थमा आगामी फागुन १ देखि ९ गतेसम्म महायज्ञ सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महायज्ञ सञ्चालनको तयारीका लागि १०८ सदस्यीय मूल समारोह समिति बनाइएको छ । यज्ञमा भारतलगायत अन्य मुलुकबाट धर्मगुरु तथा धार्मिक व्यक्तित्व गरी करीब दुई हजार विदेशी पाहुनाको सहभागिता रहने आयोजकको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस