काठमाडाैं- सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।
गृह मन्त्रालयले बनाएको कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई नौ जनासम्म सुरक्षाकर्मी दिइने व्यवस्था छ । तर, पूर्वप्रधानमन्त्रीले व्यक्तिगत सुरक्षाका लागि कार्यविधि नाघेर सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मी फिर्ता गर्न सकेको छैन ।
प्रहरीका निकाय पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएका छन् । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालदेखि शेरबहादुर देउवा हुँदै लोकेन्द्रबहादुर चन्दसम्मले व्यक्तिगत सुरक्षाका लागि सरकारी कार्यविधि मिचेर सुरक्षाकर्मी राखेका छन् ।
प्राप्त तथ्यांकअनुसार पूर्वप्रधानमन्त्री दाहाललाई कार्यविधिअनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ ।विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २५ जेठ २०६८ को बैठकले भने पूर्वप्रधानमन्त्री दाहाललाई २६ जना सुरक्षाकर्मी दिने निर्णय गरेको थियो ।
त्यसपछि २२ माघ २०७४ को मन्त्रिपरिषद् निर्णयले खटाउँदै आएको सुरक्षाकर्मी यथावत् राख्ने निर्णय गरेको थियो । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्यविधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् ।
उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ । सो संख्या कार्यविधिअनुसार पाउनुपर्नेभन्दा १० जना बढी हो । यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्यविधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो ।पूर्वप्रधानमन्त्री देउवा २२ माघ २०७४ को मन्त्रिपरिषद् बैठकले २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो ।
यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवासमा समेत १७ जना सुरक्षाकर्मी छन् । सो संख्यासमेत कार्यविधिले तोकेभन्दा आठ जना बढी हो ।यसैगरी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निवासमा ११ जना सुरक्षाकर्मी खटिएको सुरक्षा स्रोतले जनाएको छ । यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।
यो पनि कार्यविधिभन्दा बढी हो । यसैगरी, पूर्वप्रधानमन्त्री चन्दको व्यक्तिगत सुरक्षामा १२ जना खटिँदै आएका छन् । सो संख्या कार्यविधि अनुसार तीन जना बढी हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस