काठमाडौं- प्रदेश ३ को राजधानी र नामाकरणका विषयमा लामो समयदेखि बहस चलेपनि सहमतिको अन्तिम विन्दुमा भने पुग्न सकिएको छैन ।
नाम र राजधानीका विषयमा बिहीबारको प्रदेश सभा बैठकमा पनि निक्कै रस्साकस्सी चल्यो । बैठकमा सांसदहरुले राजधानी कहाँ राख्ने भन्ने विषयमा आ–आफ्नै तर्क प्रस्तुत गरेका छन् ।
सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोक्न आग्रह गरे । उनले भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताए ।
भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त हुने उनको तर्क थियो ।
तर, सांसद प्रेमबहादुर पुलामीले भने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नै निर्णयमा पुर्याउनुपर्ने बताए ।
सांसद केशवराज पाण्डे भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने पक्षमा छन् ।
सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने ? भन्दै प्रश्न गरे । मकवानपुर भनेको सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला रहेको र सबैले हेटौंडालाई नै मन पराएकाले हेटौडा नै राजधानी हुनुपर्ने उनले बताए ।
सांसद राजेन्द्र गुरुङले काभ्रेलाई प्रदेश राजधानी तोक्नुपर्ने बताईरहदा सांसद विजुला बर्मा राना काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने भएकाले काभ्रेलाई नै राजधानी तोक्नुपर्ने बताउछन् ।
यसअघि नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेशको राजधानी हेटौंडा कायम गर्न र नाम बागमति राख्न भनेको थियो । प्रदेशको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको भन्दै नेकपाकै केही सांसदले यसको विरोध गरेका थिए ।
प्रदेशको नामबारे त्यति धेरै विवाद नरहेपनि राजधानीबारे भने गहन छलफल गनुपर्ने सांसदहरुको जोड छ ।
प्रदेश सभा बैठक शुक्रबार दिउसो ३ बजेका लागि फेरी बोलाईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस