काठमाडाैं- सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटाैंडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन्।
पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागाई, राजेन्द्र पाण्डेलगायत थिए।
पुस १३ मा बसेको नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न सम्बन्धित पार्टी कमिटी र प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको थियो।
संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था छ। यो निर्णय लिन प्रदेश ३ मा ७४ मत भए पुग्छ। नेकपा एक्लैको त्यहाँ दुई तिहाइ मत (८० सिट) छ।
नाम र राजधानी नटुंग्गिएका अन्य प्रदेशका विषयमा केही निर्णय नलिने तर प्रदेश ३ को मात्र नाम र राजधानीमा निर्देशन जारी गर्नु, प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु र बहुमत सांसद विपक्षमा रहँदारहँदै पनि केन्द्रले निर्णय लाद्न खोजेको आरोप लगाउँदै निर्णय नमान्ने चेतावनी प्रदेश सांसदहरुले दिएपछि पार्टी ‘हाइकमान्ड’ ले प्रदेश जिम्मेवारीमा रहेका नेताहरूलाई बालुवाटारमा बोलाई पुनः निर्देशन गरेका हुन्।
तीन दिनसम्म चलेको नेकपा प्रदेश संसदीय दलको बैठक केन्द्रको निर्णय मान्ने÷नमान्नेमा अनिर्णीत थियो। बहुमत सदस्यले निर्णय नमान्ने बताएपछि नेकपा नेतृत्व दबाबमा थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस