काठमाडाैं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा विवाद भएको छ ।
नेकपाले गत ३ जेठमा भ्रातृ संगठनको संयोजक र उपसंयोजक तोकेको थियो । संगठनको नेतृत्व पाएको लामो समयपछि शुक्रबार दुवै संगठनबीच एकता भएको सामाजिक संजालद्वारा सार्वजनिक भएपछि विवाद बाहिरिएको छ ।
शुक्रबार करिब १० बजेर ४० मिनेटमा सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए, संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले । केन्द्रीय सदस्य र विभाग सदस्यका नाम सार्वजनिक गरेपछि तत्कालीन नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीबीच विवाद बढेको छ ।
तत्कालीन अखिल क्रान्तिकारीका असन्तुष्ट नेताहरूले वक्तव्य नै जारी गरेका छन् । असन्तुष्ट पक्षले १८ गते एकतापश्चातको केन्द्रीय समिति र आयोगहरूको विवारण एकाएक सञ्चारमाध्यमहरूमा आयो ।
वक्तव्यमा भनेका छन्, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट नयाँ केन्द्रीय समितिमा समावेश नाम अन्यायपूर्ण, एकलौटी र चरम गुटगत मानसिकताका आधारमा गरेको हाम्रो ठहर छ ।’
वक्तव्यमा २१औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनको मनोविज्ञानलाई आधार बनाएर नयाँ समितिका सहसंयोजकले अगाडि बढाएको आरोप लगाएको छ ।
क्रान्तिकारी २१औं राष्ट्रिय सम्मेलनमा प्यानल घोषणा गरेर निर्वाचनमा होमिएको थियो । तर, तत्कालीन क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूले कार्यदलको सिफारिसअनुसार केन्द्रीय सदस्य बनाएको दाबी गरे ।
उनले भने, ‘एकताका लागि कार्यदल बनाएको थियो । कार्यदलले दिएको सल्लाह सुझावअनुसार नै केन्द्रीय सदस्यहरू छनाेट भएका हुन् । म अहिले साथीहरूले राखेको असन्तुष्टिबारे छलफलमा छु । छलफलपछि यसबारेमा बोल्नेछु ।’
उता असन्तुष्ट पक्ष भने बिदाइ गरेका ८८ जनामा केही साथीहरू सिनियर भएर पनि नाम छुटाएकाले उनीहरूको नाम थप्नुपर्ने अडानमा रहेका छन् ।
क्रान्तिकारीका तत्कालीन उपाध्यक्ष दिपक देवकोटा भन्छन्, ‘कयौं सिनियर साथीहरू छुटेका छन् । तीनको व्यवस्थापन हुनुपर्छ । बसेर छलफल गरेर जानुपर्छ ।’
उनले भने, ‘कैयौं जुनियर साथीहरू केन्द्रीय समितिमा पर्दा सिनियर साथीहरू छुटेका छन् । सिनियर साथीहरूको व्यवस्थापन हुनुपर्छ । अध्यक्ष प्रचण्डले पनि बसेर छलफल गरेर हल गर्ने आश्वासन दिनुभएको छ ।’
तत्कालीन एमालेनिकट अखिलमा विवाद भए पनि बाहिर आएको छैन । तर, क्रान्तिकारीमा भएको विवाद भने बाहिर आएको छ । सचिवमा विजयी भएका व्यक्ति पनि केन्द्रीय सदस्यमा नपरेपछि झन् विवाद बढेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस