काठमाडाैं-नेपाली कांग्रेसका बहुसंख्यका जिल्ला सभापतिको भेला पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशनमा सिंह, केन्द्रीय सदस्य बलबहादुर केसी, डा.मिनेन्द्र रिजाललगायतको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयको पत्रकार सम्मेलन कक्षमा भेला गरेका हुन् ।
भेलामा पार्टी असन्तुष्ट नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा विधानलाई संशोधन गरी आगामी महाधिवेशन कब्जा गर्न खोजेको भन्दै ११ पुसको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सच्याउन माग गर्ने विषयमा छलफल गरिरहेका छन् ।
७७ जिल्ला सभापतिमध्ये ४३ जनाको उपस्थिति रहेको झापा कांग्रेस सभापति उद्धव थापाले बताए । भेला आजै सकिने र भेलाको निष्कर्ष सार्वजनिक गरिने बताइएको छ ।
भेलामा प्रदेश २ का आठवटा जिल्लामध्ये कुनै पनि जिल्ला सभापति उपस्थित छैनन् । जिल्ला सभापतिको भेलालाई नेताहरू पौडेल, डा.कोइराला, सिंह, केसी र रिजालले सम्बोधन गरेका छन् ।
पार्टी सभापति देउवाले ११ पुसमा केन्द्रीय कार्यसमितिको बैठकमार्फत गरेको निर्णयप्रति असहमति राखे पनि नेता कृष्णप्रसाद सिटौला र डा.शेखर कोइरालाको उपस्थिति थिएन ।
भेलामा कुन कुन जिल्लाका सभापति उपस्थित छन् ?
१. लिलादेवी बोखिम–सभापति, ताप्लेजुङ
२. नरेन्द्रकुमार केरुङ –सभापति, पाँचथर
३. हिमालय कर्माचार्य –सभापति, इलाम
४. उद्धव थापा –सभापति, झापा
५. दिपनकुमार श्रेष्ठ –सभापति, संखुवासभा
६. गोविन्द ढुङ्गाना–सभापति, तेह्रथुम
७. नन्दमणि राई–सभापति, भोजपुर
८. अग्निप्रसाद पौडेल–सभापति, धनकुटा
९. राजीव कोइराला–सभापति, सुनसरी
११. विनोदकुमार बस्नेत–सभापति, सोलुखुम्बु
१२. नरेशकुमार श्रेष्ठ –सभापति, खोटाङ
१३. उज्ज्वलप्रसाद बराल –सभापति, सिन्धुली
१४. विकास लामा –सभापति, सिन्धुपाल्चोक
१५ मधु आचार्य –सभापति, काभ्रेपलान्चोक
१६. कृष्ण (सवुज) बानियाँ –सभापति, काठमाडाैं
१७. जगदीश्वर नरसिंह के.सी., –सभापति, नुवाकोट
१८. रमेश धमला –सभापति, धादिङ
१९. जीतनारायण श्रेष्ठ –सभापति, चितवन
२०. भेषबहादुर पौडेल –सभापति, लम्जुङ
२१. याङजिङ विष्ट –सभापति, मुस्ताङ
२२. खम्बहादुर गर्बुजा (खम्बिर) –सभापति, म्याग्दी
२३.भुवनप्रसाद श्रेष्ठ –सभापति, गुल्मी
२४. वीरबहादुर राण –सभापति, पाल्पा
२५. विष्णुप्रसाद खनाल मुस्कान –सभापति, अर्घाखाँची
२६. सुरेन्द्रराज आचार्य –सभापति, कपिलवस्तु
२७. अमरसिंह पुन –सभापति, रोल्पा
२८ अमरप्रसाद भण्डारी –सभापति, प्युठान
२९. गणेश चन्द –सभापति, सल्यान
३०. किरण कोइराला –सभापति, बाँके
३१. सञ्जय गौतम –सभापति, बर्दिया
३२. केशरमान रोका –सभापति, रुकुम पूर्व
३३. दीपकबहादुर शाही –सभापति, जुम्ला
३४. हर्षबहादुर बम –सभापति, कालीकोट
३५. दीपकजंग शाह –सभापति, जाजरकोट
३६. प्रेमप्रकाश वली –सभापति, रुकुम पश्चिम
३७. कृष्णकुमार वि.सी. –सभापति, दैलेख
३८. कमलराज रेग्मी –सभापति, सुर्खेत
३९. ललितसिंह बोहोरा –सभापति, दार्चुला
४०. नरेन्द्र थापा, सभापति बैतडी
४२. खड्गबहादुर शाही, सभापति मुगु
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस