लमजुङ– गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा सुन्दरबजार नगरपालिका–२ को अध्यक्ष पदका लागि उम्मेदवार बनेकाले चुनावी खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालयले दिएको समयावधि सकिँदासमेत चार दल र एक स्वतन्त्रबाट उम्मेदवार बनेका पाँच जनाले चुनावी खर्च नबुझाएका हुन् ।
कानूनअनुसार चुनाव भएको एक महिनाभित्र सबै उम्मेदवारले चुनावी खर्च बुझाउनुपर्ने भए पनि कुनै उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताएका छन् । सबै खर्चको लेखापरीक्षण हुनसक्ने भएकाले उम्मेदवारसँग बिल भर्पाईसहितको खर्च विवरण माग गरिएको निर्वाचन आयोग कार्यालयले जनाएको छ । सुन्दरबजार नगरपालिका–२ (परेवाडाँडा) मा खाली रहेको एक वडाध्यक्षका पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गल नेशनल अग्र्र नाइजेशन पार्टी र एक स्वतन्त्रको तर्फबाट गरी पाँच उम्मेदवार रहेका थिए ।
नेकपाको तर्फबाट नवीन श्रेष्ठ, काँग्रेसको तर्फबाट प्रकाश सेढार्इं, राप्रपाको तर्फबाट पवनराज बसौला, नाइजेशनको तर्फबाट रामजी दर्जे र स्वतन्त्रको तर्फबाट कृष्णबहादुर केसी रहेको रहेका उम्मेदवार रहेका थिए । सो वडामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद खाली भएको थियो ।
निर्वाचन भएको मितिले एक महिनाभित्र उम्मेदवारले चुनावी खर्च विवरण नबुझाए कानूनी कारवाही हुने व्यवस्था रहेको छ । यसअघिको भएको २०७४ वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकामध्ये आधा उम्मेदवारले हालसम्म पनि चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको पाइँदैन । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । निर्वाचनमा आठ स्थानीय तहका ३०० पदका लागि एक हजार बढी उम्मेदवार थिए । यी उम्मेदवारले चुनाव भएको करीब तीन वर्ष बित्दासमेत खर्च विवरण बुझाउने कुनै वाचा गरेका छैनन् ।
त्यस्तै १० मङ्सिरमा भएको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार बनेकामध्येको अझै तीन जनाको बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २५ जना उम्मेदवार रहेको थियो । निर्वाचनको मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले खर्चको विवरण पेश गर्नुपर्ने हुन्छ । निर्धारित समयमा नबुझाएका उम्मेदवारलाई कारवाही हुने व्यवस्था भए पनि हालसम्म नेपाल आयोगबाट कुनै जानकारी नआएकाले कारवाही नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस