काठमाडौँ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ। नेकपाको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठकको मिति सार्ने निर्णय गरेको छ।
विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि जारी पार्टीको अन्तरिम विधान-२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षपछि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक डाकेको थियो।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ। विधानको प्रस्तावनामा परिवर्तनलगायत सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने विषय स्थायी कमिटीले अनुमोदन गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस