विराटनगर– प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण एवं सुरक्षा सुदृढ गर्नु सबै प्रदेशबीच समन्वय जरुरी रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सुशासन कायम गर्न आवश्यक पर्ने कानून निर्माणमा सबै प्रदेशको अनुभव उपयोगी हुने विचार व्यक्त गरे ।
विगत २२ महिनाको प्रदेश सरकारले हासिल गरेको उपलब्धि सबै प्रदेशलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट सुरक्षाको क्षेत्रमा हासिल गरेको उपलब्धि जनतालाई अनुभूति गराउन एक अर्कामा अनुभव आदानप्रदान गराउनुपर्नेमा जोडदिएका छन् । उनले प्रदेशका ११ लाख घरधुरीलाई प्रहरी स्टिकर टाँस्ने, जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीलाई पोसाक परिवर्तन कक्षको निर्माण, सुरक्षा निकायका ५१ वटा संरचना निर्माण आदि गरी जनतासमक्ष सुरक्षाको पहुँच पु¥याएको बताएका छन् ।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सबै प्रदेशबीच साझा चासो, आपसी समन्वय, कानून र सुरक्षासम्बन्धी समन्वय गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक ममिला तथा कानूनमन्त्रीहरु प्रदेश नं २ का ज्ञानेन्द्रकुमार यादव, प्रदेश नं ३ का शालिग्राम जमरकट्टेल, गण्डकी प्रदेशका हरिबहादुर चुमाङ, प्रदेश नं ५ का कुलप्रसाद केसी र सुदूरपश्चिम प्रदेशका प्रकाशबहादुर शाहको सहभागिता रहेको छ ।
सबै प्रदेशका मुख्य महान्याधिवक्ता, आन्तरिक मामिला कानून मन्त्रालय सचिव, प्रदेशका कानून, मन्त्रालयका उच्चस्तर कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश प्रमुखको सहभागिता थियो । छलफलपश्चात् अनुभवको निष्कर्ष सार्वजनिक गरिने सोही अवसरमा जानकारी दिइयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस