काठमाडाैं-निर्वाचन आयोगले आगामी ९ माघमा राष्ट्रियसभाका १८ सदस्यको चयनका लागि हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।
आयोगले मंगलबार सार्वजनिक गरेको निर्वाचनको कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन १७ पुसमा बिहान १० देखि ११ बजेसम्म र नामावली उपर दाबी विरोधको उजुरी सोही दिन बिहान ११ देखि ४ बजेसम्म तोकेको छ ।
आयोगका अनुसार मतदाता नामावली उपर परेको उजुरीको छानबिन गरी अन्तिम नामावली प्रकाशन १८ देखि १९ गते पुसमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकेको छ भने उम्मेदवारको मनोनयनपत्र दर्ता २० पुसमा बिहान १० बजेदेखि ३ बजेसम्म तथा उम्मेदवारको सूची प्रकाशन सोही दिन ३ बजेदेखि ४ बजेसम्म निर्धारण गरेको छ ।
आयोगका अनुसार उम्मेदवारको विरोधमा उजुरी २१ पुसको बिहान १० देखि अपराह्न ४ बजेसम्म, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय २२ पुसमा बिहान १० देखि अपराह्न ४ बजेसम्म गर्ने र उम्मेदवारको नामावली प्रकाशन २३ पुसमा बिहान १० देखि अपराह्न ४ बजेसम्म गर्ने भएको छ ।
उम्मेदवारले नाम फिर्ता लिन २४ पुसमा बिहान १० देखि अपराह्न ४ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २५ पुसमा बिहान १० देखि अपराह्न ४ बजेसम्म र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान सोही दिन अपराह्न १ देखि ४ बजेसम्म गरिने भएको छ ।
आयोगले मतदान गर्न ९ माघमा बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरेको छ भने मतगणना सोही दिन अपराह्न ४ बजेपछि सुरु गरिने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस