काठमाडौँ- समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।
संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै सुनुवाइ नभएपछि सरकारमा रहिरहनुको औचित्य समाप्त भएको निष्कर्षसहित पार्टीले समर्थन फिर्ता लिएको आज सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए ।
‘आज बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ, अब हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा बस्ने जानकारी गराउँछु’ अध्यक्ष यादवले पार्टीको निर्णय सुनाउँदै भने ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल २०७५ जेठ १४ गते सरकारमा सामेल भएको थियो ।
सरकारमा उक्त पार्टीबाट अध्यक्ष यादव उपप्रधानमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए भने अर्का नेता मोहम्मद इस्तियाक राई शहरी विकासमन्त्री थिए । यसअघि यादवले उपप्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेका थिए ।
समाजवादी पार्टीद्वारा आज जारी विज्ञप्तिमा यही पुस ७ गते संविधान संशोधनका लागि आवश्यक गृहकार्यका लागि संविधानविद् सम्मिलित विज्ञ सुझावसमिति गठन गर्न मन्त्रिपरिषद्मा गरिएको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरी दुईबुँदे सहमतिबाट पछाडि हटेकाले सरकारबाट बर्हिगमन भएको उल्लेख छ ।
अबको बाटोबारे पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले संसद्मा प्रतिपक्षमा रही रचनात्मक र सिर्जनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । पार्टीले अधिकारबाट वञ्चित भएका समुदायको मुद्दालाई स्थापित गराउने, शासकीयस्वरुप, समानुपातिक समावेशीता लगायतका विषय सच्याउन भूमिका खेल्ने बताउँदै उनले भने , ‘सबैले मेरो संविधान हो भनेर गौरव गर्ने परिस्थिति हामी बनाउन चाहन्छौं, पहिलेको चाहना पनि त्यही थियो, यसमा पार्टी निरन्तर लागिरहन्छ ।’
मुद्दा स्थापित गर्न सदन र सडकबाट शान्तिपूर्ण र अहिंसात्मकरूपमा प्रस्तुत हुने उनको भनाइ छ । यसअघि पटक–पटक प्रधानमन्त्रीलाई भेटेर मागपत्र दिएको तथा संसद्, मन्त्रिपरिषद्, पार्टी–पार्टीबीच कुराकानी भए पनि संविधान संशोधनको विषयमा कुनै सुनुवाइ नभएको यादवले जिकिर गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले एकलौटी सरकार चलाउँदै आएको र सम्झौता पनि सरकारले एकलौटी तोडेको उनले आरोप लगाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस