काठमाडाैं-उप प्रधान तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
संविधान संशोधन प्रक्रिया अगाडि बढाउने गरी मन्त्रिपरिषद् बैठकमा आफूले राखेको प्रस्तावमाथि छलफल नभएपछि मन्त्री यादवले राजीनामा दिएका हुन्
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा आफ्नो प्रस्ताव अगाडि नबढेकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख छ ।
राजीनामा पत्रमा यादवले पार्टी सरकारमा सहभागी हुँदा भएको सहमतिलाई समेत स्मरण गराएका छन् । संविधान संशोधनमा सहमति भएर सरकारमा सहभागी भएको जनाउँदै यादवले सरकार सहमतिबाट पछाडि हटेको र एकतर्फी रुपमा सहमति तोडेकाले राजीनामा दिएको जनाएका छन् ।यसअघि समाजवादी पार्टी नेपालको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकमा समेत सरकारबाट बाहिरिने विषयमा छलफल गरेका छन् ।
यादवसँगै समाजवादी पार्टीबाट मन्त्री बनेका सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन्।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन्।
समाजवादी पार्टीबाट मन्त्री बनेका उनले पार्टीको निर्णयबमोजिम राजीनामा दिएका हुन्।
‘आजका दिनदेखि सहरी विकास मन्त्रीको पदबाट राजीनामा दिएको छु। मेरो कार्यकालमा सहयोग गर्नुहुने पार्टीका सम्पूर्ण साथीहरू, शुभचिन्तक, कर्मचारी, सन्चारकर्मी, सुरक्षाकर्मीलगायत सम्पूर्ण सबैलाई धन्यवाद दिन चाहन्छु,’ राजीनामापछि मन्त्री राईले सामाजिक सञ्जालमा लेखेका छन्।
उपप्रधानमन्त्री यादवले हिजो सोमबार को मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको ठाडो प्रस्ताव लगेका थिए। जुन प्रस्ताव कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेका थिए।
सो अस्विकार गरेलगत्तै आज मङ्गलबार बिहान बसेको यादव नेतृत्वको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको थियाे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस