काठमाडाैं-राजसंस्था, पूर्वराजा वीरेन्द्र शाह र उनको नाममा रहेको भौतिक र अभौतिक सम्पति नेपाल ट्रष्टको मातहत ल्याए पनि त्यसको हिनामिना राज्य पक्षबाटै भएको कांग्रेसका सांसद राधेश्याम अधिकारीले दाबी गरेका छन् ।
राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सोमबार सभाको बैठकमा बोल्दै नेपाल ट्रष्टको जग्गा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको मिलेमतोमै हिनामिना गरिएको आरोप लगाएका हुन् ।
सांसद अधिकारीले ट्रष्टको दरबारमार्गस्थित जग्गा प्रधानमन्त्री र उपप्रधानमन्त्री पोखरलेको मिलेमतोमा हिनामिना गरी व्यवसायीलाई दिएको भन्दै अब नारायणहिटी संग्रहालयमै होटल खोल्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले जनताको कुरा नसुनेको आरोप लगाउँदै अधिकारीले नेपाल ट्रष्टको जग्गा हिनामिनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हात रहेको दाबी गरे । उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिकामा पनि गम्भीर प्रश्न उठाए ।
अख्तियार टंगालमा भए पनि नेपाल ट्रष्टको सम्पति हिनामिना हुँदा केही थाहा नभएको र प्रधानमन्त्री नै मुछिएको भ्रष्टाचारमा बोल्दा अफ्ठ्यारो पर्छ भन्ने त्रासमा रहेको आशंका व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस