भक्तपुर-नेपाली काँग्रेस संघिय संसदका सचेतक पुष्पा भुसालले दुइ तिहाईको सरकार सिमाको बिषयमा मौन रहनु रहस्यमय भएको बताएकी छिन ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपाली सिमा भारतले मिचेको बिषयमा यती लामो समय सम्म पनि मौन रहनु र क्याबिनेटबाट कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताएकी हुन् ।
उनले सरकारले केवल सिंहदरवारलाई मात्र मजबुत बनाउने खेलमा लागेका कारण संघियता खतारमा परेको आरोप लगाउँदै प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदरकावरको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगको बताइन ।
उनले वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा आफ्नो गुण तिर्न जसरी कौडिको मूल्यमा उपलब्ध गराउँदै छ यसले पनि सरकार कति भ्रष्टाचारमा डुबेको छ यसले झनै प्रष्टाएको बताइन । उनले कम्युनिष्ट सरकार कानुन भन्दा भाथि जान खोजेको र भ्रष्टाचार,हिंसा र हत्यालाई प्रश्य दिएको आरोप लगाइन ।
वर्तमान सरकारले अनुसन्धान बिभागको बिशेष सेवा गठन ऐन संसोधन गर्न संसदमा प्रबेश गराएको र अनुसन्धान बिभागलाई ब्यक्तिको घर खोजतलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर ब्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उलंघन गर्न खोजेको आरोप लगाइन ।
नेपाली काँग्रेसले अव गुट उपगुटको राजनीतिलाई चिर्दै सभापतिले बिचारको राजनीतिलाई अग्रसरता दिने बताइन ।
उनले नेपालको बिदेश नीति सत्तामा बस्न र नीजि स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै बिदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस