काठमाडौं – एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ। अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो। त्यसअघि झन्डै पूरै बैठक अवधि अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) अनुमोदनबारे झगडामा केन्द्रित रह्यो। एमसीसीबारे निर्णय भने अब सचिवालयले गर्ने भएको छ।
राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो। अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए।
‘हामी विशिष्ट परिस्थितिबाट गुज्रिरहेका छौं। यसमा कुनै बनिबनाउ बाटो छैन। त्यही आधारमा यो प्रतिवेदन तयार भएको हो’, उनले प्रतिवेदन पारित गर्न आग्रह गर्दै प्रस्ताव राखेका थिए, ‘तपाईंहरूका कतिपय सुझाव राम्रा छन्, ती सुझावसहित परिमार्जन गर्ने गरी प्रतिवेदन पारित गर्न म प्रस्ताव गर्छु।’
प्रतिवेदन पारित पनि भयो। त्यसपछि उठेर बोल्न थाले स्थायी समिति सदस्य रावल। ‘यसमा मेरो फरक मत छ। प्रतिवेदनमा एमसीसीबारे प्रस्टता छैन। पार्टीको विधि र विधानका विषयमा प्रस्टता हुनुपर्यो’, उनले भने, ‘यसकारण पार्टीको यो प्रतिवेदनमा मेरो फरक मत छ।’
उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाए। त्यसपछि केही बेर रावल र महासचिव पौडेलबीच चर्काचर्की परेको एक नेताले बताए। ‘पार्टीले निर्णय गरेको छैन। निर्णय नगरीकनै तपाइ कसरी १० पृष्ठको लिखित फरक मत लिएर आउनुभयो ? जेमा पनि यसरी फरक मत भन्ने हुन्छ ? ’, पौडेलले भने, ‘यो तपाइले अहिले लेखेको हो ? यही हो विधि र प्रक्रिया ? फरक मत राख्न पाइँदैन भन्ने होइन, पाइन्छ। निर्णय भयो भन्नेबित्तिकै मान्दिनँ भन्ने हो ? (तयारी) फरक मत ल्याएको छु भन्ने ? ’
त्यसपछि दाहालले हस्तक्षेप गरे। ‘तपाईंहरूका सुझाव आएका छन्, त्यसलाई ग्रहण गरेर प्रतिवेदन परिमार्जन गर्ने कुरा नेतृत्वका तर्फबाट मैले विश्वास दिलाइरहेको छु। सीमा समस्याका विषयमा पार्टीले अडान लिएकै छ’, उनले भने, ‘कतिपय विषयमा तपाईंका कुराहरू छलफल हुँदै पनि जान्छन्। केन्द्रीय कमिटी बैठक बस्दै छ। त्यसमा पनि छलफल हुन्छ। यो बेला फरक मत छ भनेर दर्ज गर्दा त्यसले पार्टीलाई हित गर्छ ? त्यसैले म तपाईं (रावल)लाई गम्भीरतापूर्वक आग्रह गर्दै छु– फरक मत फिर्ता लिनुहोस्।’ दाहाल बोलेपछि रावलले फरक मत फिर्ता लिएको घोषणा गरेको एक नेताले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस