काठमाडाैं-नेपाली कांग्रेसको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच चुलिएको विवादको मुख्य चुरो पार्टीको महाधिवेशनको मिति चार महिना फरक पारेर प्रस्ताव गर्नु रहेको खुलेको छ ।
पार्टी संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच आइतबार पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको करिब चार घण्टा लामो छलफलमा आगामी १४औं महाधिवेशनको मिति प्रस्ताव चार महिना फरक हुँदा सहमति हुन सकेन ।
पार्टी संस्थापन पक्षले २६ मंसिरमा सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको एजेण्डामा आगामी महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै नेता रामचन्द्र पौडेल पक्षधर असन्तुष्ट नेताले बैठक बहिष्कार गर्दै आएका थिए ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भाग लिने र बहिष्कार गर्नेमा विभाजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्ने जिम्मेवारी दिएका थिए ।
असन्तुष्ट पक्षको तर्फबाट नेता सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू र हृदयराम थानी सदस्य रहेको टोली र निधिबीच आइतबार चाक्सिबारीमा भएको वार्ता महाधिवेशनको मितिलाई लिएर अड्किएको थियो ।
स्रोतका अनुसार असन्तुष्ट पक्षले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्दा ५/८ मंसिर, २०७७ प्रस्ताव गरेका छन् । तर निधिले कार्यतालिकाबमोजिम फागुन २०७७ मा महाधिवेशन गर्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए ।
पौडेल पक्षका सहभागीले पेश गरेको मिति उपयुक्त नहुने भन्दै निधिले फागुन महिना मौसम र तयारीको हिसाबले पनि उपयुक्त भएको जनाउँदै फागुनबाट महाधिवेशन नसर्ने गरी तयारी गरिने प्रतिवद्धता जनाएको बैठकमा सहभागी थानीले बताए ।
असन्तुष्ट पक्षले भने फागुनमा कुनै कारण वा काबुबाहिरको स्थिति आएमा विधानलाई परिवर्तन गर्नुपर्ने स्थिति नआओस् भन्ने चाहना रहेको बताएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस