काठमाडाैं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पेश गरेको राजनीतिक प्रतिवेदन सम्बन्धमा उठेका प्रश्नको जवाफ दिएका छन् ।
स्थायी कमिटी सदस्यले उठाएका प्रश्नबारे थप प्रस्ट पार्नुपर्ने देखिएकाले स्थायी कमिटी बैठक भोलि आइतवार बिहान बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सुझावका आधारमा परिमार्जन, विधान संशोधनबारे थप स्पष्ट हुनुपर्ने भएकाले आइतवार समापन हुने गरी स्थायी कमिटी बैठक स्थगित भएको उनले बताए ।
‘यी विषयमा अन्तिम टुंगो भोलिको बैठकले लगाउँछ,’ श्रेष्ठले भने । बैठक आइतवार बिहान ११ बजेका लागि तोकिएको छ ।
पार्टी संगठन परिचालन, कार्यविधि लगायत विषयमा थप स्पष्ट हुनुपर्ने भएकाले बैठक लम्बिएको नेता हरिबोल गजुरेलले बताए । ‘अमेरिकी सहयोगमा सञ्चालन हुने एमसीसी परियोजनाबारे थप स्पष्ट हुनुपर्ने भएकाले समेत बैठक लम्बिएको छ,’ नेता गजुरेलले भने ।
नेता रघुजी पन्तले शनिवारको स्थायी कमिटी बैठकमा एमसीसी परियोजनामाथि तातो बहस भएको बताए । ‘एमसीसीबारे तातो बहस भएको छ, प्रश्न उठेका छन् । सदस्यले राय दिएका छन् । धेरै कुरा कडाइ ढंगले राखिएको छ,’ उनले भने ।
नेता भीम रावलले एमसीसीबारे अस्पष्ट देखिएका विषयमा परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई सोध्नुपर्ने विषयमा बैठक एकमत देखिएको बताए । ‘एमसीसी परियोजना अगाडि बढाउनुअघि केही विवादित विषयमा स्पष्ट हुनुपर्ने छ,’ उनले भने, ‘स्पष्ट हुनुपर्ने विषयबारे परराष्ट्र मन्त्रालयले अमेरिकासँग कुरा गर्नुपर्छ ।’
शनिवारको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता रावलले विवादित विषयबारे स्पष्ट पारेका छन् । ‘हिजो पनि अमेरिकाबाट सहयोग लिइँदै आएको हो, अझै पनि लिनु हुँदैन भन्ने होइन तर सैन्य गठबन्धन र रणनीति अन्तर्गतको सहयोग लिनु नेपालको परराष्ट्र नीति विपरीत हुन्छ,’ उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस