काठमाडौं- मन्त्री परिषद् पुनर्गठन गर्दा आफूलाई अयोग्यजस्तो व्यवहार गरिएको भन्दै गोकर्ण विष्टले नेकपा स्थायी समिति बैठकमा गुनासो पोखे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् पुनर्गठन गर्नुअघि राजिनामा मागेको भए दिन तयार हुँदाहुँदै पनि थाहै नदिई हटाइएकाले आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका हुन्।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले बैठकमा भने, ‘मन्त्रीबाट हटाउनुपहिले पार्टीले सामान्य जानकारी दिएर बाटो खाली गरिदिन भनेको भए सहज रुपमा स्वीकारिन्थ्यो। तर, अयोग्य जस्तो गरी हटाइयो। यसले हाम्रो आत्मसम्मानमा चोट पुगेको छ।
आइतबारदेखि जारी बैठकमा बुधबार १२ जना सदस्यले आफ्ना धारणा मौखिक र लिखित रुपमा प्रस्तुत गरेका छन्। बैठकमा स्थायी समिति सदस्य विष्टका साथै प्रदीप ज्ञवाली, मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, गिरिराजमणी पोखरेल, हरिबोल गजुरेल, रघुजी पन्त, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले सुझाव राखेका छन्। बैठक बिहीबार पनि ११ बजेदेखि सुरु हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस