काठमाडाैं-नेपाली कांग्रेसका दुवैपक्षीय नेताहरू पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तय गरेर जान सहमत देखिएका छन्। महाधिवेशनको कार्यतालिकाको अजेन्डा बैठकमा नआएको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि संस्थापन पक्ष महाधिवेशनको तालिका बनाएर अघि बढ्न तयार भएको हो।
विधानले दिएको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिन लागे पनि एक वर्ष कार्यकाल थप गर्न सहमत दुवै पक्षबीच १४ औं महाधिवेशन मंसिर वा फागुन कहिले गर्ने भन्नेमा सहमति जुट्न बाँकी छ। संस्थापनले फागुनमा र असन्तुष्टले मंसिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। तर असन्तुष्ट पक्ष संस्थापनको प्रस्तावअनुसार नै फागुनमा महाधिवेशन गर्नेगरी अघि बढ्न सकारात्मक देखिएको छ।
‘एक वर्ष कार्यकाल थप गर्ने र फागुनको पहिलो वा दोस्रो )२०७७ फागुन) साता महाधिवेशन गर्ने र त्यसअघि समायोजन, क्रियाशील सदस्यता नवीकरण, वितरणका साथै सबै तहको अधिवेशनको कार्यतालिका बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘हामी (असन्तुष्ट पक्ष) सहभागी हुने केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पारित गरेर जाने कुरामा सकारात्मक छलफल भएको छ। तिथि, मिति ठूलो कुरा होइन मिल्छ।’
पार्टीका विभाग थप गर्नै नहुने अडानमा रहेको असन्तुष्ट पक्ष संख्या बढाउन सकारात्मक देखिएको हो । केन्द्रीय समितिमा पेस भएकै प्रस्तावअनुसार अघि बढ्न दुवै पक्ष तयार भए पनि पाउने विभागका विषयमा सहमति जुट्न बाँकी छ।
संस्थापन पक्षले संगठन, जनसम्पर्क, महिला, विद्यार्थी, परराष्ट्र विभाग आफूसँग राख्ने प्रस्ताव गरेको छ। तर, असन्तुष्ट पक्षले त्यसलाई पनि मिलाएर जानुपर्ने धारणा राख्दै आए पनि संस्थापन पक्षले विभागका सचिवसहित अन्य सदस्य मिलाएर जाने प्रस्ताव राख्दै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस