काठमाडाैं- भ्रातृ संस्थाको नेतृत्व पार्टी सभापति शेर बहाुर देउवा समूहबाटै हुने गरि कांग्रेसकाे विवाद मिलाउने प्रयास भएकाे छ।
गत माघदेखि भंग भएको नेपाल विद्यार्थी संघ र गत मंसिरबाट कार्यकाल सकिएको तरुण दलमा तदर्थ समिति बनाउन लागिएको छ।
तदर्थ समितिको नेतृत्व भने देउवा पक्षले राख्ने भएको छ। पार्टी स्रोतका अनुसार भ्रातृ संस्थाको मूल नेतृत्व संस्थापनले राखेर पदाधिकारी अन्य समूहलाई दिने तयारी भएको छ। तरुण दलका निर्वतमान महासचिव भुपेन्द्रजंग शाहीको स्थानमा पौडेल पक्षले अर्को व्यक्ति पठाउनु पर्नेछ। संस्थापन पक्षले शाही फिर्ता हुनुपर्ने सर्त राखेको छ।
पार्टी भित्रको विवाद अन्त्यका लागि अन्ततः भागवण्डाको तयारी भएको छ। चार बुँदे माग राखेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई भ्रातृ संस्था र विभागमा ४० प्रतिशत हिस्सेदार बनाएर विवाद अन्त्य गर्न लागेको पार्टी सभापति देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी गराए।
भ्रातृ संस्था,विभाग र कार्यसम्पादन समितिमा तीन पक्षले भागवण्डा गर्न लागेको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए। संस्थापन पक्षले ६० प्रतिशत आफ्नो समूहलाई छुट्याएर ४० प्रतिशत पौडेल समूहलाई दिने तयारी गरेको छ।
६० प्रतिशतमा देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षलाई समेत समेट्ने बताइएको छ। पौडेल पक्षलाई मनाउन देउवाले आफ्नो समूहलाई प्राप्त संख्याबाटै सिटौला समूहलाई पनि छुट्याउने भएका हुन्। विभागको संख्या घटाउनुपर्ने अडान लिएको पौडेल पक्षले ४१ विभागमा आफ्नो सम्मानजनक हैसियत भए त्यसलाई समेत स्वीकार्ने बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस